22.1 C
Kathmandu
 

माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गर्ने एमालेको निर्णय

३० वैशाख,  काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । त्यस्तै, आजको बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधन लगायत कुरा गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णय गरेको छ ।

एमालेले गत चैत १६ गते नेता नेपाल र भीम रावललाई पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, चैत २३ गते सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

यसैगरी, वैशाख ७ गते नेपालसहित चार र थप २३ सांसदलाई एमालेले स्पष्टीकरण सोधेको थियो । वैशाख १६ गते पनि तीनजना सांसदलाई स्पष्टीकरण सोधिएको थियो । आजको बैठकले नेपालसहित चार नेताको कारबाही फिर्ता गरेको हो । यसले उत्कर्षमा पुगेको एमाले विवाद समाधानको दिशातिर अघि बढेको बताइएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ३८९९ जनामा कोरोना संक्रमण, थप १७७८ संक्रमणमुक्त

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २...

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो

१२ साउन, काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले...

तालिबानको आक्रमण विफल, २८ आतंककारी मारिए

१२ साउन, तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले गरेको आक्रमण विफल भएको छ । ती लडाकुहरु सो सहर...

प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र

काठमाण्डाै – स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ - आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले घटेर...