19.1 C
Kathmandu
 

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा २ को मृत्यु, एक घाइते

२९  वैशाख, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा हिजो राति ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । ट्याक्सीमा सवार एक महिला घाइते भएकी छिन् ।

पोखराबाट ढोरपाटन जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड–१ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापा छन् । दुर्घटनामा मृतक विककी श्रीमती रतिमाया घाइते भएकी छिन् । घाइतेलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको छ। रासस

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर