24.1 C
Kathmandu
 

स्नायु (नसा) सम्बन्धी समस्यामा अकुपञ्चरको प्रभावकारीता

हाम्रा संवाददाता बद्री बहादुर कार्कीले स्नायु प्रणाली, नसा रोग र अकुपञ्चरको बिषयमा आधारीत रहेर नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा.सुरज कर्माचार्य संग कुराकानी गर्नुभएको छ ।
प्रश्नः– डाक्टर साब, स्नायु (नसा) भन्नाले के वुझीन्छ ?
उत्तरः– धेरै मानिसहरुले नसा भन्नाले शरिरमा रक्तप्रवाह गर्ने माध्यम वा रक्तनलीलाई मात्र नसा भनेर बुझेको पाइन्छ । वास्तवमा रक्तप्रवाह गर्ने नलीलाई रक्तनली वा ब्लड भेसल्स भनिन्छ । अर्को प्रकारको नसा भनेको हामी जसलाई स्नायु (नर्भ) भन्दछौं । हाम्रो शरिर सञ्चालनको केन्द्रिय कार्यालय भनेको ब्रेन हो । सेन्ट्रल नर्भ सिस्टमबाट शरिरका विभिन्न अंग सम्म पेरिफेरल नर्भ फैलिएका हुन्छन् । ती सेन्ट्रल नर्भ सिस्टमको निर्देशन अनुसार हरेक अंग चलेका हुन्छन् । सेन्ट्रल निर्देशनलाई हरेक अंगसम्म पु¥याउने माध्यमचाहि पेरिफेरल नर्भ सिस्टम हो ।
उदाहरणको लागि जस्तै हामीले आँखा देखिरहेका छौं वा कानले सुनिरहेका छौं । ब्रेनमा आँखा वा कानलाई नियन्त्रण गर्ने इकाई हुन्छ । त्यो इकाई (युनिट) बिग्रिएमा वा अक्षम भएमा हामी आँखा देख्न वा कान सुन्न सक्दैनौं । यद्यपी कान वा आँखा सकुशल नै रहन्छ, केवल ती अंग नियन्त्रण गर्ने केन्द्रिय इकाई मात्र अक्षम भएको हो ।

प्रश्नः– त्यसो भए नसा रोग भनेको के हो त ?
उत्तरः– छोटकरीमा भन्नुपर्दा नसा रोग भनेको स्नायु प्रणाली ९नर्भ सिस्टम० सँग सम्बन्धित समस्यालाई जनाउँदछ । जस्तै प्यारालाइसीस, नसा च्यापिएर हुने समस्या, नसा कमजोर भएर सुक्ने, दिमागको नसा सुक्दै जाने, मुख बाङ्गिने, कानको नसा सुक्दै जाने आदीले स्नायुु प्रणाली ९नर्भ सिस्टम० सँग सम्बन्धित समस्यालाई जनाउँदछन ।

प्रश्नः– एउटा सामान्य व्यक्तिले स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी रोग लाग्न थालेको कसरी थाहा पाउने ?
उत्तरः–असाध्यै राम्रो प्रश्न सोध्नु भयो । मेरो एक दशकको क्लिनिकल प्राक्टिसमा आज भोली स्नायु प्रणाली ९नर्भ सिस्टम० सम्बन्धी रोगीको संख्या बढेको पाइएको छ । दिमाग खुम्चिदै जाने वा दिमागको कार्यक्षमतामा ह्रास आउनाले पनि नर्भ सम्बन्धी रोग लाग्दछ । स्नायु प्रणाली ९नर्भ सिस्टम० सम्बन्धी रोग लाग्न थालेमा केही लक्षणहरु देखिन सक्छ जस्तै हातखुट्टा झमझमाउने, पोल्ने, लाटो हुने, लुलो हुने, मासु सुक्दै जाने, शरिरको कुनै अंगको कार्यक्षमतामा ह्रास हुने, रिङ्गटा लाग्ने, कुनै अंगमा दुखाईको अनुभव हुन सक्छ । यस्ता समस्या भएमा स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी रोग लागेको अनुमान गर्न सकिन्छ ।

प्रश्नः– डाक्टर साब, आजभोलि कलिलो उमेरमा नै स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी समस्या अत्याधिक बढेको भेटिएको छ , किन होला ?
उत्तरः– असाध्यै महत्वपूर्ण प्रश्न सोध्नु भयो । मेरो अनुभवमा करिब १ दशक अगाडि सम्म प्रायः स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी बिरामी ४०-५० वर्ष कटेका भेटिन्थे । आजकल कलिलै उमेरका व्यक्तिहरुलाई यो समस्या देखिएको छ । यो संख्या बढ्दो छ । यसको पछाडि आहार, बिहार र विचार प्रमुख कारण छन् । आहार भनेको तपाइको खानपिन, विहार भन्नाले शारिरिक कसरत र विचार भन्नाले वैचारिक सन्तुलनलाई बुझिन्छ । यी ३ ओटा कुराको सन्तुलन नभएमा रोग लाग्दछ । अहिलेको पुस्तामा सन्तुलित दिनचर्या नभएकाले यो अवस्था सिर्जना भएको होला जस्तो लाग्छ । अस्वस्थकर जीवनशैलीले विकराल परिस्थिति सिर्जना गरिरहेको छ । फलतः ५० वर्षमा लाग्ने रोग करिब २०-२५ वर्षको कलिलो उमेरमा नै देखिएको छ ।

प्रश्नः– यस्तो रोग लागेमा कसरी उपचार गर्ने त ?

उत्तरः– हेर्नोस म ग्यारेण्टीका साथ भन्दछु यदि स्नायु प्रणाली ९नर्भ सिस्टम० सम्बन्धीे समस्या भएको व्यक्ति ३ महिना वा ६ महिना भित्र उपचार गर्न आएमा १००% निको पार्न सकिन्छ । दशकौं वर्ष पुरानो एकदम जटिल भएमा मात्र गाह्रो हुने हो । समयमै आउने हो भने त स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धीे सवै समस्या १००% निको पार्न सकिन्छ । यसकारण यदि स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धीे समस्या छ वा माथि भनिएका लक्षणहरु छन् भने जति छिटो बिरामी आयो त्यति सजिलै उपचार गर्न सकिन्छ ।
विश्वमा स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धीे समस्या भएमा अकुपञ्चर सवैभन्दा उत्तम विकल्प मानीएको छ । हामीले हाम्रो व्लु लोटस हस्पिटलमा स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धीे समस्याको उपचार गर्न अकुपञ्चरको विशेषज्ञ (MD) बाट अकुपञ्चर गर्दछौ । अप्रेसन गर्नु पर्ने अवस्थामा वाहेक हामी अकुपञ्चरको माध्ययमवाट प्रभावकारी उपचार गर्दछौ । रोग लागे पछी जति छिटो बिरामी आयो त्यति सजिलै निको पार्न सकिन्छ ।

प्रश्नः– के सबैले अकुपञ्चर गर्ने तरिका एउटै हुन्छ त ?
उत्तरः– त्यस्तो कहाँ हुन्छ ? विद्यालय शिक्षा पछि १५ महिने कोर्ष गरेकाले पनि अकुपञ्चर गर्दछन्, ३ वर्र्षे कोर्ष गरेकाले पनि अकुपञ्चर गर्दछन् । स्नातक तह, स्नातकोत्तर तह (M.D) वा विद्यावारिधी तह (Ph. D) गरेकाले पनि अकुपञ्चर गर्दछन् । उदाहरणको लागि SEE गरेकोले पनि स्कूल पढाउन सक्दछ, स्नातक तह र स्नातकोत्तर तह गरेकोले स्कूल पढाउन सक्दछ, पिएचडी गरेकोले पनि पढाउन सक्दछ । उसको ज्ञान, सिप, क्षमता भने फरक पर्दछ । यसर्थ अकुपञ्चर पनि विशेषज्ञबाट गरायो भने छिट्टै र सफलतापूर्वक रोगको निको हुन्छ तर विशेषज्ञकोमा पुग्नु भएन भने दुःख मात्र पाउनु हुनेछ ।

प्रश्नः– तपाई त नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ हुनुहुन्छ, स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी बिरामीको उपचार गर्न कत्तिको गाह्रो छ, डाक्टर साब?
उत्तरः– अकुपञ्चरमा मास्टर्स (MD) गर्ने पहिलो नेपाली भएको नाताले पनि देश र जनताको सेवा गर्न नेपाल फर्केको हो । बिरामीलाई निको बनाएर घरमा पठाउनु मेरो कर्म हो । जुनसुकै प्रकारको बिरामी भए भने पनि समयमै भेटें भने १००% निको पार्छु जस्तो लाग्छ, आजसम्म सफल भइराखेको छु ।

प्रश्नः– सबै बिरामीले अकुपञ्चरका विशेषज्ञ (MD) भेट्न त गाह्रो होला नी ?
उत्तरः– यस्तो हुँदैन । हामीले हाम्रो हस्पिटलमा अकुपञ्चरको विशेषज्ञ (MD) बाट मात्र सेवा दिन्छौं । अकुपञ्चर टिममा सबै अकुपञ्चर विशेषज्ञ मात्र हुनुहुन्छ । हाम्रो हस्पिटलमा मात्र आउनु पर्छ भनेको होइन, जुन हस्पिटलमा गए पनि हुन्छ तर अकुपञ्चर चाहि विशेषज्ञ बाट मात्र गराउनुहोस् भनेको हो मैले त ।

प्रश्नः– त्यसो भए स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी समस्यालाई अकुपञ्चर प्रभावकारी हुन्छ ?
उत्तरः–म फेरि भन्छु स्नायु प्रणाली ९नर्भ सिस्टम०सम्बन्धी बिरामी समयमै हस्पिटल आउने हो भने १००% निको हुन्छ, कुनै शंका छैन ।
(डा. सुरज कर्माचार्य व्लु लोटस हस्पिटल, त्रिपुेश्वरमा कार्यरत हुनुहुन्छ)

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर