18.1 C
Kathmandu
 

पूर्वसचिव रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस

२६ वैशाख,  काठमाडौं । संवैधानिक परिषद्ले लोकसेवा आयोग अध्यक्षको रिक्त पदमा माधवप्रसाद रेग्मीलाई सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले रेग्मीलाई अध्यक्षमा सिफारिस गरेको हो । झापा निवासी माधव सर्वोच्चका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् । कुमार रेग्मी तिनै हुन्, जसले नेकपा नाममाथि परेको मुद्दाको फैसला सुनाउँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् अवस्थामा फर्काइदिएका थिए ।

माधव कांग्रेसको कोटाबाट अध्यक्ष सिफारिस भएको बताइएको छ । यद्यपि, आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिएनन् । सभामुख अग्निप्रसाद सापकोटा पनि उपस्थित थिएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी भएको बैठकले अरू रिक्त ठाउँमा पदपूर्ति सिफारिस गरेको बताइएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर