24.1 C
Kathmandu
 

सुनको भाउ शुक्रबार अहिलेसम्मकै महंगो

काठमाण्डौ – सुन अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ शुक्रबार अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । बिहीबार ४ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेको हो ।

अमेरिकाले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरि चिनियाँ सामानमा १० प्रतिशत कर बढाएको तथा सेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको महासंघ अन्तरर्गतको सुनको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि प्रभाव परेको हो । चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर