7.8 C
Kathmandu
 

दुई लाखलाई १३ दिने रोजगारी

काठमाडौं १७ साउन । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा करिब २ लाख बेरोजगारले १३ दिन रोजगारी पाएका छन्। सरकारले न्यूनतम रोजगारीको ग्यारेन्टी गर्दै ती बेरोजगारलाई औसतमा १३ दिनको रोजगारी दिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १७ लाखभन्दा बढी युवा बेरोजगारमा सूचीकृत भएका छन्। सरकारले गत वर्ष ३० दिनको रोजगारी दिने घोषणा गरे पनि १३ दिनका लागि मात्रै काम पाएका हुन्। रोजगारीको हकसम्बन्धी ऐनले एक वर्षमा कम्तीमा पनि सय दिनको रोजगारी ग्यारेन्टी गरेको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर