22.1 C
Kathmandu
 

रियललाई पराजित गर्दै चेल्सी फाइनलमा, उपाधिका लागि म्यानचेस्टर सिटीसँग भिड्ने

२३ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले हराउँदै समग्रमा ३–१ को नतिजासहित फाइनलमा स्थान बनाएको हो । चेल्सीले रियलको मैदानमा भएको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको थियो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा खेलकोे २८औँ मिनेटमा टिमो वार्नरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । जितसँगै चेल्सी च्याम्पियन्स लिग इतिहासमा तेस्रोपटक फाइनलमा पुगेको छ । चेल्सीले अब फाइनल खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ । फाइनल खेल मे २९ मा हुनेछ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निजी गाडीमा जोरबिजोर प्रणाली

६ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज...

पछिल्लो २४ घण्टामा मुलुकभर २४४२ जनामा कोरोना संक्रमण, थप ३४५६ संक्रमणमुक्त

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर...

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने प्रशासनको तयारी

६ असार, काठमाडौं। असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ। उपत्यकाका तीन जिल्ला...

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

६ असार, दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका...

युरोकप फुटबलमा आज दुई खेल हुँदै

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन...