21.1 C
Kathmandu
 

पछिल्लो २४ घण्टामा मुलुकभर ८६५९ जनामा कोरोना संक्रमण,थप ५८ जनाको मृत्यु

२२ वैशाख, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर