22.1 C
Kathmandu
 

५ अंकले घट्यो नेप्से परिसूचक

२२ वैशाख, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले घटेको छ ।

कारोबार रकम ६ अर्ब नाघेको छ । दिनभर भएका ७८ हजार ७ सय ७१ कारोबारबाट १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैयाँ पुगेको छ ।लगातार मूल्य बढिरहेको विशाल बजार कम्पनी र महिला लघुवित्तको सेयर मूल्य आज पनि करिब १० प्रतिशतले बढेको छ । अर्को रैराङ हाइड्रोपावरको सेयर मूल्य पनि आज १० प्रतिशतले बढेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर