27.9 C
Kathmandu
 

डोटीको शिखर नगरपालिकामा रहेको एनसेल टावरमा आगजनी

डोटी – शिखर नगरपालिका –१ को ऐरी गाउँमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । बिहीबार राति १२ बजे एनसेलको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता लालबहादुर धामीले जानकारी दिनुभयो ।

आगजनीबाट एनसेल टावरका उपकरणलगायतका सामाग्री जलेर नष्ट भएको छ । आगजनी कसले र किन गर्‍यो भन्नेबारे जानकारी नभएको प्रवक्ता धामीले बताउनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र विस्तृतमा जानकारी प्राप्त हुने उहाँले प्रतिक्रिया दिनुभयो ।

यसअघि बुधबार राति पनि परिचय नखुलेको समूहले डोटीको जोरायल गाउँपालिका –१ गोगनपानीसहित देशका विभिन्न जिल्लामा एनसेलको टावरमा आगजनी गरेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर