8.4 C
Kathmandu
 

बाजुरामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, ५ घाइते

बाजुरा, १७ साउन । बाजुराको गौमुल गाउँपालिकामा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । गाउँपालिकाको ६ बसाला शान्ति टोलमा एकै परिवारका दुई जनाको मृत्यु भएको हो ।

गएराति साढे १२ बजेतिर पहिरो जाँदा जंगे चदाराको घर पहिरोले पुरिएको हो । राती सुतीरहेको बेला पहिरोले घर पुरिंदा ३० वर्षका निरुता चदारा र उहाँका छोरी ६ वर्षका किस्मीता चदाराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सँगै सुतिरहेका घर मुली जंगे चदारा भने गम्भीर घाइते हुनुभएको छ । पहिरोमा पुरिंदा सुके चदारा, जडेनी चदारा, अस्मिता चदारा र विकास चदारा घाइते हुुनुभएको छ । पहिरो घरको पछाडि पट्टीको भागबाट खसेको हो । लगातारको अत्याधिक बर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण भएको क्षति विवरण बारे जानकारी लिन प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाट नेतृत्वको टोली घटनास्थल पुगेको छ । राती १ बजे नै गौमुल इलाका प्रहरी कार्यालयबाट टोली उद्धारको लागि गएको थियो । भिरालो जमिनमा रहेको बस्ती भएकोले अन्य परिवारका लागि पनि त्रास बढेको छ । भूगर्वविद्हरुले नै त्यहाँको सिंगो बस्ती पहिरोको उच्च जोखिममा रहेकोले बस्ती सार्न सुझाव यस अघि नै दिएका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर