22.1 C
Kathmandu
 

आईपीएलमा पञ्जाबलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा

२० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादमा पन्जाबले दिएको १६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।दिल्लीको जितमा शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ३९ तथा स्टिभ स्मिथले २४ रन जाेडे ।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्स खेल्दा डेबिड मलनले २६ तथा क्रिस गेलले १३ रन जाेडेका थिए ।

अहिलेसम्म ८ खेल खेलेकाे दिल्लीले ६ खेलमा जित निकालेकाे छ । अ‍ाजकाे जितसँगै दिल्ली १२ अंक जाेडेर शीर्ष स्थानमा उक्लिएकाे छ । समान ८ खेल खेलकाे पन्जाबले अहिलेसम्म ३ खेलमा मात्र जित निकालेकाे छ । पन्जाब ६ अंकसहित तालिकाकाे छैटाैँ स्थानमा छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर