22.1 C
Kathmandu
 

आईपीएलमा आज हैदरावाद केन विलियम्सनको कप्तानीमा राजस्थानसँग खेल्दै

१९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज राजस्थान रोयल्सले सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दै छ । नयाँ दिल्लीमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बाट सुरु हुनेछ ।

लिगमा ६ खेल खेलेको हैदराबाद २ अंकसहित पुछारमा छ । हैदराबाद यो सिजन कमजोर देखिएको छ । हैदराबाद आज केन विलियम्सनको कप्तानीमा खेल्नेछ । हैदराबादले डेभिड वार्नरलाई कप्तानबाट हटाएर विलियम्सनलाई नियुक्त गरेको हो । आजको खेल विलियम्सनको पहिलो परीक्षाको रुपमा पनि रहेको छ । राजस्थान पनि प्रतियोगितामा आफूलाई बलियो बनाउन जित निकाल्ने योजनामा हुनेछ । राजस्थानले ६ खेलबाट ४ अंक जोडेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निजी गाडीमा जोरबिजोर प्रणाली

६ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज...

पछिल्लो २४ घण्टामा मुलुकभर २४४२ जनामा कोरोना संक्रमण, थप ३४५६ संक्रमणमुक्त

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर...

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने प्रशासनको तयारी

६ असार, काठमाडौं। असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ। उपत्यकाका तीन जिल्ला...

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

६ असार, दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका...

युरोकप फुटबलमा आज दुई खेल हुँदै

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन...