19.1 C
Kathmandu
 

आज देशभर हावाहुरीसहित पानी पर्ने

१७ वैशाख, काठमाडौं । आज देशको पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभाव रहेकाले सबैजसो पहाडी भूभागमा बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

केही ठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङ्गकाे समेत सम्भावना रहेको छ । तराईमा पनि आज आंशिक बादल लाग्ने र केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा आज पनि बेलुकीपख हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभाव आउँदो तीन दिनसम्म नै रहने भएकाले आइतवारसम्म नै देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्ने क्रम चलिरहने महाशाखाले जनाएको छ । प्रि–मनसुनको समय भएकाले बिहानीपख घाम लागे पनि दिउँसोपछि बादल लागेर बेलुकीपख हावाहुरी, मेघगर्जन तथा चट्याङ्गसहित पानी पर्ने क्रम चलिरहने मौसमविद्ले बताए।

महाशाखाले सूचना निकालेर देशका केही ठाउँमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बादल लागेर लुम्बिनी वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँहरुमा हल्का वर्षा भइरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर