22.4 C
Kathmandu
 

सिलिन्डर बालेर एनसेलको टावरमा आगजनी

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–१ भोटेचौरमा रहेको एनसेलको टावरमा अज्ञात समुहले आगजनी गरेका छन् । हिजो राति १ बजेतिर अज्ञात समुहले टावरमाथि आगजनी गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

दुई वटा टायर र ग्यासको सिलिन्डर बालेर टावरमाथि आगजनी गरिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी पुगेर धेरै क्षति हुनबाट बचाएको प्रहरीको भनाइ छ । देशका विभिन्न ठाउँमा नेपाल सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समुहले गएराति नै एनसेलको टावरमा आक्रमण गरेको हुनाले त्यहाँ पनि विप्लव समुहको हात हुनसक्ने प्रहरीको भनाई छ ।

आक्रमणको विप्लव समुहले अहिलेसम्म जिम्मा लिएको छैन। मंगलबार राति पनि मेलम्ची नगरपालिका १० शिखरपुरको वडा कार्यालयमा आगजनी भएको छ । त्यसको पनि अहिलेसम्म कसैले जिम्मा लिएको छैन । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर