22.1 C
Kathmandu
 

आईपीएलमा कोलकाताको दोस्रो जित

१४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ । सोमबार भएको खेलमा कोलकाताले पन्जाब किङ्सलाई ५ विकेटले पराजित गरेको हो । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा पन्जाबले दिएको १२४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १२६ रन बनायो ।

कोलकाताका लागि कप्तान आइन मोर्गानले सर्वाधिक ४७ रन बनाए । त्यस्तै राहुल तिपार्टीले ४१ रन बनाउँदा दिनेश कार्तिकले १२ रन बनाए । बलिङतर्फ पन्जाबका लागि मार्कुस स्टोइनिस, मोहम्द श्वामी, अर्शदिप सिंह र दीपक हुड्डाले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाएकाे थियाे । पन्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ३१ रन बनाए । त्यस्तै क्रिस जोर्डानले ३० रन बनाउँदा कप्तान केएल राहुलले १९ रनको योगदान गरे । बलिङतर्फ प्रशिद्ध कृष्णले सर्वाधिक ३ विकेट लिए । त्यस्तै प्याट कमिन्स र सुनिल नारायनले समान दुई-दुई विकेट लिए ।

कोलकाताका लागि शिभम माभी र वरुन चक्रवर्तीले समान एक–एक विकेट लिए । आजको जितसँगै कोलकाताले ६ खेलबाट ४ अंक जोडेको छ । कोलकाता लिगको पाँचौं स्थानमा उक्लेको छ । पराजित पन्जाब पनि ४ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ३८९९ जनामा कोरोना संक्रमण, थप १७७८ संक्रमणमुक्त

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २...

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो

१२ साउन, काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले...

तालिबानको आक्रमण विफल, २८ आतंककारी मारिए

१२ साउन, तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले गरेको आक्रमण विफल भएको छ । ती लडाकुहरु सो सहर...

प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र

काठमाण्डाै – स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ - आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले घटेर...