22.1 C
Kathmandu
 

एमालेबाट निर्वाचित कर्णाली प्रदेशका चार सांसद पदमुक्त

१३ वैशाख, काठमाडौं । कर्णाली प्रदेशमा फ्लोरक्रस गर्ने नेकपा एमालेको खनाल-नेपाल समूहका चार जना सांसद पदमुक्त भएका छन् । आजको कर्णाली प्रदेशसभा बैठकमा सभामुख राजबहादुर शाहीले चार सांसदलाई कारबाही गरेको पत्र पढेर सुनाएका थिए ।

यस सँगै खनाल-नेपाल समूहका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, अमरबहादुर थापा र नन्दबहादुर बुढा सांसद पद मुक्त भएका छन् । उनीहरूले पार्टीको ह्विपविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वासको पक्षमा मतदान गरेका थिए । शाही, थापा र बुढा कर्णालीमा मन्त्री भइसकेका छन् ।

शुक्रबार बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक कमिटीले उनीहरुलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको थियो । सोही अनुसार आइतबार पार्टीबाट निलम्बन गरिएको जानकारी संसद् सचिवालयमा दर्ता भएको थियो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ३८९९ जनामा कोरोना संक्रमण, थप १७७८ संक्रमणमुक्त

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २...

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो

१२ साउन, काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले...

तालिबानको आक्रमण विफल, २८ आतंककारी मारिए

१२ साउन, तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले गरेको आक्रमण विफल भएको छ । ती लडाकुहरु सो सहर...

प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र

काठमाण्डाै – स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ - आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले घटेर...