24.1 C
Kathmandu
 

फेरि पनि संसद् बैठक स्थगित

१५ साउन । संघिय संसद् अन्तर्गतको प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भयो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र राजपाले उठेर बेल घेरेपछि संसद अवरुद्ध भएको हो । निर्धारित समय बिहान ११ बजेका लागि बोलाइएको बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरु उठेर बेल घेरेका थिए ।

सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर, संसदीय छानवीन समिति गठन गर, निर्मला पन्तका हत्यारालाई कारवाही गर’ जस्ता नारा लगाएका थिए । सभामुख कृष्णबहादुर महराले संसद अवरुद्ध हुँदा जनताका सरोकारका विषयमा छलफल हुन नसकेको भन्दै सांसदलाई आसनग्रहण गरेर छलफलमा भाग लिन आग्रह गरेपनि सभामुखको आग्रहलाई सांसदले बेवास्ता गर्दै नाराबाजी गरेका हुन् । विपक्षीले नाराबाजी नरोकेपछि सभामुख महराले भोलि दिउसो २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर