26 C
Kathmandu
 

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक बस्ने सूर्य ओली र भोजपुरको चौकीडाडा गाउँपालिका घर भई पुतलीसडक बस्दै आएका सुमन गिरी रहेका छन् ।

अरनिको राजमार्गमा सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गरेको प्रदेश नम्बर–३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार सीसीटीभी क्यामेरामा मोटरसाइकल अनियन्त्रित भई सडक किनाराको बारमा ठोक्किएको देखिएको छ ।

उनीहरु दुवै मोटरसाइकलमा सवार थिए । प्रहरीका अनुसार उक्त मोटरसाइकललाई अन्य कुनै सवारी–साधनले ठक्कर दिई अनियन्त्रित भएर दुर्घटना भएको हो वा तीव्र गतिको कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...