23 C
Kathmandu
 

विद्यालयमा कोरोना संक्रमण भेटिएमा विद्यालय एक हप्ता बन्द गर्नू: काठमाडौं महानगर

३ वैशाख, काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् ।

काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो । महानगरपालिकाको सूचना जारी गर्दै कुनै विद्यालयका शिक्षक तथा विद्यार्थी संक्रमित भएको पाइएमा विद्यालयहरु अर्को सूचना जारी नभएसम्म एक साताका लागि विद्यालय बन्द गरी वैकल्पिक माध्यामबाट शिक्षण सिकाइ गराउन अनुरोध गरेको छ ।

सामाजिक दूरी कायम गरी मास्कको अनिवार्य प्रयोग गर्ने, साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगतमा जारी गरेका मापदण्डहरुको कडाइका साथ पालना गर्न विभागले अनुरोध छ ।  विभागका प्रमुख रामप्रसाद सुवेदीले कोभिड १९ को डरले विगतमा विद्यालय बन्द गर्दा विद्यालय खोल्नै कठिन भएकोले नरम निर्णय गरेको बताए ।

बिहीबार पुतलीसडकस्थित पद्मोदय माविका कक्षा १० का एक विद्यार्थीमा पनि कोरोना पुष्टि भएको थियो । अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरोकारवालाको बैठक बसिरहेको छ । बैठकमा शिक्षण संस्थामा कोभिड-१९ ले पारेको असर र आगामी दिनमा अपनाउनुपर्ने विषयका बारेमा निर्णय हुने बताइएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...