26 C
Kathmandu
 

आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढ्याे

३ वैशाख, काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो ।

शुक्रबारको सुनको भाउ गत फागुन ११ गते यताकै सबैभन्दा धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजावी सुनको भाउ ९० हजार रुपैयाँ तोकेको छ । यस्तै चाँदीको प्रतितोला भाउ १० रुपैयाँले बढेर १३००  रुपैयाँ पुगेको छ । बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...