23 C
Kathmandu
 

बसको ठक्करबाट सप्तरीमा एम्बुलेन्स चालकको मृत्यु

३ वैशाख, काठमाडौं । सप्तरीमा बसको ठक्करबाट एकजना एम्बुलेन्स चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका-३ शम्भुनाथ मन्दिरको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको सिरहा औषधी व्यवसायको स.१च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ३ बजेतिर भएको उक्त दुर्घटनामा एम्बुलेन्स चालक सिरहाको सुखिपुर बस्ने अन्दाजी ४५/५०  वर्षीय छेदिलाल कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  सप्तरीका  प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । ठक्कर दिने बसका चालक भने फरार भएका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...