23 C
Kathmandu
 

आज मुलुकभरका अधिकांश भूभागमा हावा हुरी र चट्याङसहित वर्षा हुने

३ वैशाख, काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा हावाहुरीको सम्भावना रहेको छ ।

“दिउँसो १२ बजेपछि प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा हावाहुरीसहित चट्याङ र वर्षाको सम्भावना रहेको छ,” मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “यसबाहेक अन्य प्रदेशका पहाडी भू–भागमा पनि यो सम्भावना रहेको छ ।” १२ बजेसम्म भने मौसम सामान्य रहने छ ।

हावाहुरी र चट्याङको सम्भावना रहेकाले यसबाट बच्न सतर्क हुन उनको सुझाव छ । आज र भोलि स्थानीय वायु सक्रिय हुने भएकाले हावा–हुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको उनको भनाइ छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...