19.1 C
Kathmandu
 

रुरु जलविद्युतकाे आईपीओ बाँडफाँड भोलि, १०० मा दुईजनाले पाउने

२ वैशाख, काठमाडौं । रुरु जलविद्युत्को धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कान (आईपीओ)  शुक्रबार बाँडफाँड हुने भएको छ । शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार बिहान साढे ८ बजे कम्पिनीको आईपीओ बाँडफाँड हुने जनाएको छ ।

कम्पनीको आईपीओमा १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता सेयर माग भएको छ । कम्पनीले  चैत २० गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता १२० रुपैयाँ दरका ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वासाधारणका लागि बिक्री खुला गेरको थियो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार ३ लाख ७९ हजार १६७ कित्ता सेयर १० कित्ताको दरले बाँडफाँड गर्दा ३७ हजार ९१६ जनालई १० कित्ता र जसमध्ये ७ जनालाइ्र्र थप एक कित्ता भागमा आउँछ । बाँकी रहेका १६ लाखभन्दा बढी करिब ९८ प्रतिशत लगानीकर्ताको हात खाली हुने  प्रारम्भिक तथ्यांकले देखाउँछ । यस आधारमा  कम्पनीको सेयर १०० जनामा ९८ जनाले पाउने छैनन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर