26 C
Kathmandu
 

भारतमा पछिल्लो २४ घण्टामा झन्डै २ लाखमा कोरोना संक्रमण, हजार बढीको मृत्यु

२ वैशाख, काठमाडौं ।  भारतमा कोरोनाभाइरसको संक्रमणमा दिनदिनै बढिरहेको छ। हरेक दिन संक्रमितको संख्यामा नयाँ रेकर्ड बनिरहेको छ। बुधबारमात्रै भारतमा एकैदिन झन्डै २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ। टाइम्स अफ इन्डियाका अनुसार बुधबार भारतभरि १ लाख ९९ हजार ६ सय २० जनामा संक्रमण पुष्टि भएको हो।

अहिलेसम्म संसारमा एकैदिन दुई लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको मुलुक अमेरिकामात्र छ। अमेरिकामा गत जनवरी ८ मा एकैदिन ३ लाख ९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो। भारतमा एक लाख संक्रमित पुगेको १० दिनमै दैनिक संक्रमितको संख्या दोब्बर भएको हो।

संक्रमण बढेसँगै भारतमा संक्रमितहरूले ज्यान गुमाउने क्रम पनि बढेको छ। १० दिनअघि कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक रूपमा ५ सयभन्दा कम थियो। बुधबार १ हजार ३८ जना संक्रमितको मृत्यु भएको छ। दैनिक मृत्युको यो संख्या गत अक्टोबर २ पछि सबैभन्दा धेरै हो।

संक्रमण तीव्र रूपमा फैलिए पनि भारतका विभिन्न राज्यमा सरकारले प्रतिबन्धहरू लगाएका छैनन्। उत्तराखण्डको हरिद्वारमा कुम्भ मेला चलिरहेको छ। उक्त मेलामा सहभागीमध्ये अहिलेसम्म १२ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उत्तराखंण्ड र उत्तर प्रदेशका मुख्यमन्त्रीहरूमा पनि अहिले कोरोना संक्रमण भएको छ। भारतमा विशेषगरी महाराष्ट्र, कर्नाटका, राजस्थान, बिहार, उत्तर प्रदेश राज्यहरूमा संक्रमण दर निकै तीव्र छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...