16 C
Kathmandu
 

व्यापार वार्तामा जुटे अमेरिका र चीनका अधिकारी, ट्रम्पको विवादित ट्विट चर्चामा

साङ्घाई । गत महिना भएको सहमतिपश्चात् चीन र अमेरिकाका अधिकारीले बुधबार व्यापार वार्ता गरेका छन् । तर यो छोटो बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको विवादित ट्विटमाथि बढी चर्चा गरिएको छ ।

ट्रम्पले मङ्गलबार ट्विट गर्दैै भनेका छन्, ‘‘मेरो टोली अहिले उनीहरुसँग कुरा गरिरहेको छ, तर सधैं अन्त्यमा चीनले सम्झौतालाई परिवर्तन गर्दै आफ्नो पक्षमा ल्याउने गरेको छ । बेइजिङले अमेरिकाको कृषि उत्पादन खरिद गर्न सुरु गरिसक्नुपथ्र्यो, तर उसले यसमा कुनै सङ्केतै दिएको छैन । यी र यस्ता विषयमा चीनलाई सधैं नै अगाडि आउने समस्या पर्ने गरेको छ ।’’ट्रम्पले यसअघि पनि चीनमाथि प्रतिबद्धताबाट पछि हटेको आरोप लगाएका थिए । अमेरिकी व्यापारमन्त्री रोबर्ट लाइटहाइजर र वित्तमन्त्री स्टिभेन म्नुचिनले बुधबार विहान चीनका उपप्रधानमन्त्री लिउ हीसँग भेटगरेका थिए । त्यसपछि दुवै पक्षले बन्द कोठामा करिब चार घण्टा कुरा गरेका थिए ।

कुराकानी अपेक्षा गरिएभन्दा कम समय भएको बताइएको छ । अनुमानित समयभन्दा चाँडै सामूहिक तस्बिर खिच्नका लागि उनीहरु बाहिर निस्किएका थिए । त्यसपछि लाइटहाइजर र म्नुचिन पत्रकारहरुसँग कुरा नगरी विमानस्थलतर्फ लागेका थिए । अमेरिकी अधिकारीहरु छलफलका लागि मङ्गलबार साङ्घाई पुगेका थिए ।

गरेका थिए । त्यसपछि दुवै पक्षले बन्द कोठामा करिब चार घण्टा कुरा गरेका थिए ।

कुराकानी अपेक्षा गरिएभन्दा कम समय भएको बताइएको छ । अनुमानित समयभन्दा चाँडै सामूहिक तस्बिर खिच्नका लागि उनीहरु बाहिर निस्किएका थिए । त्यसपछि लाइटहाइजर र म्नुचिन पत्रकारहरुसँग कुरा नगरी विमानस्थलतर्फ लागेका थिए । अमेरिकी अधिकारीहरु छलफलका लागि मङ्गलबार साङ्घाई पुगेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर