24.1 C
Kathmandu
 

त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा

१ वैशाख, काठमाडौं । घरेलु मैदानमा शनिबारदेखि हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्य टोलीको घोषणा गरेको हो ।

नेपालले वैशाख ४ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्ससँग टी–ट्वान्टी सिरिज खेल्दै छ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ । मुख्य प्रशिक्षक डेभ वाट्मोरको पहिलो प्रतियोगितासमेत रहेको यो सिरिजका लागि नेपालको अन्तिम टोली यस्तो छ:-

नेपाली टोली 
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंअ ऐरी (उप–कप्तान), पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहोरा, आरिफ सेख, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी, सुशन भारी ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर