26 C
Kathmandu
 

भारतमा एकैदिन थपिए १ लाख ८५ हजार कोरोना संक्रमित

१ वैशाख, काठमाडौं । भारतमा मंगलबार एकदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित थपिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार १ लाख ८५ हजार २ सय ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। पछिल्ला केही दिनयता भारतमा लगातार दैनिक डेढ लाखभन्दा बढी संक्रमित थपिइरहेका छन् ।

कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै भारत धेरै संक्रमित भएका देशमध्ये संसारमै दोस्रो नम्बरमा आएको छ। भारतले यसअघि दोस्रो नम्बरमा रहेको ब्राजिललाई पछि पारेको हो ।

बुधबारसम्म धेरै संक्रमित भएका देशमध्ये अमेरिका पहिलो नम्बरमा छ। अमेरिकामा हालसम्म ३ करोड २० लाखलाई कोरोना संक्रमण भएको छ भने ५ लाख ७७ हजारको ज्यान गएको छ। भारतमा १ करोड ३८ लाख मानिसमा संक्रमण हुँदा १ लाख ७२ हजारले ज्यान गुमाएका छन्। तेस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमण भारतको भन्दा २ लाख कम भए पनि मृत्यु भने ३ लाख ५८ हजार छ। भारतमा अहिले फैलिएको कोरोनाभाइरसको लहर पोहोर साल फैलिएको पहिलो लहरभन्दा खतरानाक भएको विज्ञहरूले बताएका छन्। भारतमा अहिले विभिन्न भेरियन्ट (प्रकार) का कोरोना फैलिरहेका छन्। विज्ञहरूका अनुसार यी भेरियन्ट बढी संक्रामक र घातक छन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...