17.1 C
Kathmandu
 

अफगानिस्तानबाट सैनिक फिर्ताको घोषणा गर्ने अमेरिकाको तयारी

१ वैशाख, काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट ११ सेप्टेम्बर अगाडि नै आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गर्ने भएको छ । राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट सेना फिर्ता गर्नेबारे घोषणा बुधवार गर्ने बीबीसीले जनाएको छ । यसै महिनाको अन्त्यमा टर्कीमा हुने शान्ति सम्मेलनमा अफगानिस्तानको सरकार र तालिबान सहभागी हुने खबर आएलगत्तै राष्ट्रपति बाइडनले सेना फिर्ताको घोषणा गर्न लागेका हुन् ।

गत वर्ष तालिबान र ट्रम्प प्रशासनबीच अमेरिकी सेनाले आगामी मे महिनासम्ममा अफगानिस्तान छाड्ने सम्झौता भएको थियो । तर सम्झौताअनुसार हिंसा रोक्ने बाचा तालिबानले पूरा नगरेको भन्दै अमेरिकी सैनिकहरु अफगानिस्तानबाट फिर्ता भएका छैनन् । अफगानिस्तानमा २० वर्षदेखि जारी युद्धमा दुई हजारभन्दा बढी अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा खटाइएका आफ्ना सैनिकका लागि अमेरिकाले खर्बौं डलर खर्च गरेको बताइन्छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर