24.1 C
Kathmandu
 

पछिल्लो २४ घण्टामा मुलुकभर ५१७ जनामा कोरोना संक्रमण, थप १५३ निको भए

३१ चैत, काठमाडौं । नेपालमा थप पाँच सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३८६ जनामा पिसिआर गर्दा ४६० र ८१७ मा एन्टिजेन परीक्षण गर्दा ५७ लाई कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ।

पछिल्लो २४ घन्टामा १५३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार ३१८ पुगेको छ। त्यस्तै, कोरोनाको संक्रमणबाट थप पाँच जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०५८ पुगेको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर