26 C
Kathmandu
 

अमेरिकी प्रहरीको गोलीले अश्वेत युवकको ज्यान गएपछि अमेरिकामा विरोध प्रदर्शन

३१ चैत, काठमाडौं । अमेरिकामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवक मारिएपछि तनाव उत्पन्न भएको छ । तनावकै कारण अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

गत आइतबार मिनसोटाको ब्रुकलिन सेन्टरमा २० वर्षीय युवक दन्ते राइटलाई प्रहरीले ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाट बाहिर निकालेर हतकडी लगाउन खोजेको थियो । त्यसक्रममा घम्साघम्सी हुँदा प्रहरीको गोली लागेर ती युवकको मृत्यु भएको थियो ।

घटनाको विरोधमा स्थानीयले प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गर्दै आएका छन् । स्थिति नियन्त्रणमा लिन मिनियापलिस र सेन्ट पल शहरका मेयरहरुले आपतकाल घोषणा गर्दै रातिको समयमा कर्फ्यु जारी गरेका छन् ।

स्थानीय प्रहरी अधिकारीले आफूहरुबाट गल्ती भएको बताए पनि प्रदर्शन रोकिएको छैन । यसअघि प्रहरीबाट अश्वेत नागरिक जर्ज फ्लोयड मारिँदा अमेरिकाभर तनाव सिर्जना भएको थियो ।

गत वर्ष घुँडाले घाँटी थिचेर जर्ज फ्लोइडको ज्यान लिएको आरोप लागेका श्वेत प्रहरी अधिकारीको मुद्दामा सुनुवाइ भइरहेका बेला राइटमाथि गोली हानेको खबरले मिनियापोलिसमा एकाएक तनाव सिर्जना भएको थियो।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...