26 C
Kathmandu
 

प्रहरीले गोली चलाउँदा अमेरिकामा एक व्यक्तिको मृत्यु

३० चैत, काठमाडौं । अमेरिकाको मिनिसोटा राज्यमा प्रहरीले गोली चलाउँदा कालो वर्णका एक व्यक्तिको मृत्यु भएपछि स्थिति असामान्य बनेको छ । मिनियापोलिसको उत्तरी क्षेत्रमा अवस्थित ब्रुकलिन सेन्टरको ट्राफिक स्टपमा प्रहरीले काला वर्णका ती व्यक्तिमाथि गोली प्रहार गरेका जनाइएको छ । मृत्यु हुने ती व्यक्ति २० वर्षीय डाउन्ट राइट रहेको बताइएको छ । गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भएको समाचारमा उल्लेख छ ।

ब्रुकल्याण्ड सेन्टरस्थित प्रहरी मुख्यालयबाहिर सयौं प्रदर्शनकारीले नारा लगाएका बीबीसीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ‘स्टर ग्रिनेड’ प्रहार गर्नुका साथै कफ्र्यु लगाएको जनाइएको छ । प्रदर्शनकारीले प्रहरीको दुई सवारीसाधनमा ढुंगामुढा गरेका जनाइएको छ । केही क्षेत्रमा लुटपाटसमेत भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले एक विज्ञप्ति जारी गर्दै डाउन्ट राइटले ट्राफिक नियम उल्लंघन गरेको र उनलाई पक्राउ गर्न खोज्दा घटना घटेको जनाएको छ । प्रहरीले पक्राउ गर्न खोज्दा उनी पुनः आफ्नो सवारीमा छिर्न खोजेपछि उनलाई एक प्रहरीले गोली प्रहार गरेका थिए । अर्का काला अमेरिकी जर्ज फ्लोयडको हत्याका विषयमा बहस भइरहँदा भएको यो घटनाले मिनियापोलिसको अवस्था तनावपूर्ण बनाएको छ । बीबीसी

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...