18.1 C
Kathmandu
 

‘सांसद निरुदेवी पाललाई पेस्तोल तेर्स्याउनेको स्केच बनिसक्यो, मान्छे खोज्दैछौं’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सांसद निरुदेवी पाललाई पेस्तोल तेर्स्याउनेको ‘स्केच’ बनिसकेको बताएका छन् । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । थापाले भने, ‘‘सांसद पालले दिएको हुलियाका आधारमा स्केच बनिसक्यो । प्रहरीले अपराधी खोज्दैछ ।’’

गत साउन १५ गते बेलुका नेकपा सांसद निरुदेवी पाललाई अज्ञात समूहले पेस्तोल देखाएको उनले जानकारी गराएकी थिइन् । घटनाका सम्बन्धमा प्रहरीका विभिन्न निकायसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले पनि अनुसन्धान गरेको थियो । तत्कालीन एसएसपी विश्वराज पोखरेलले परिसरका तत्कालीन एसपी रामदत्त जोशीको संयोजकत्वमा ३ सदस्यीय अनुसन्धान टोली गठन गरेका थिए । पोखरेल हाल डीर्आइजी छन् भने जोशी एसएसपी ।

कोठाबाट दूध किन्न जाँदा आफूमाथि पेस्तोल तेर्स्याएर अज्ञात व्यक्तिले मोबाइलसमेत खोसेर लगेको सांसद पालले भोलिपल्टमात्र संसदीय समितिमा खुलासा गरेकी थिइन् । ‘‘म दूध किन्न बजार गएकी थिएँ । घर फर्कंदा अपरिचित व्यक्तिले बाटो छेके र मेरो कञ्चटमा पेस्तोल तेर्स्याउँदै भोलिको बैठकमा नजानू । बैठकमा गए ‘तेरो बाउ खड्गे’ ले पनि तँलाई जोगाउन सक्दैन भन्दै मेरो मोबाइल पनि लग्यो,” उनले संसदीय समितिमा भनेकी थिइन् ।

घटना भएको राति भने उनले प्रहरीलाई खबर गरेकी थिइनन् । घटनाका सम्बन्धमा अहिलेसम्म कोही पनि पक्राउ परेको छैन । सांसद पालले समेत पछिल्लो दिनमा आफूलाई पेस्तोल ताक्ने व्यक्तिको खोजबिन कहाँ पुग्यो भनेर चासो नदिएको प्रहरी स्रोत बताउँछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर