12.1 C
Kathmandu
 

द भ्वाइस अफ नेपाल’ साउन २४ गतेबाट प्रशारण हुने

काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ यही साउन २४ गतेबाट प्रशारण हुने भएको छ । अघिल्लो हप्ता प्रोमो सार्वजनिक गरेको आयोजकले साउन २४ गतेबाट ‘द भ्वाइस अफ नेपाल’को दोस्रो सिजन प्रशारण हुने जानकारी दिएको छ ।

ब्लाइन्ड अडिसनका १२ वटा श्रृंखला सुटिङ भइसकेको ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले बाह्रखरीलाई जानकारी दिए । कार्यक्रम हरेक बिहीबार र शुक्रबार हप्ताको दुई प्रशारण हुने छ । पौडेलका अनुसार अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

सिजन–२ मा दुई जना कोच फेरिएका छन् । सनुप पौडेल, अभया सुब्बाको ठाउँमा राजु लामा र आस्था राउतले प्रवेश पाएका छन् । दीप श्रेष्ठ र प्रमोद खरेल यथावत छन् ।

‘डिजिटल अडिशन’बाट ११० जना प्रतिस्पर्धी छनोट गरेको ‘द भ्वाइस अफ नेपाल’मा डिजिटल अडिशनमा दुई हजार दुई सय सहभागी भएका थिए ।

गत वर्ष ‘ब्लाइन्ड’, ‘ब्याटल’ र ‘लाइभ’ शो हुँदै फिनाले भएकोमा सिजन–२ मा ‘नक आउट चरण’ पनि थपिएको छ । सिजन–२ मा ‘लाइभ शो’मा एकै दिन गत सिजनमा जस्तो चारजना बाहिरिने छैनन् । “गत वर्ष लाइभ शोमा एकै दिन चारजना आउट हुँदा राम्रो भएन भन्ने गुनासो आएकाले यसपटक प्रत्यक ‘लाइभ शो’मा एक जनाका दरले आउट हुने ‘फम्र्याट’ ल्याउँदैछौं,” निर्देशक पौडेलले भने । यो वर्ष ‘नक आउट’ चरणमा धेरै बाहिरने छन् ।

कार्यक्रम ३२ वटा श्रृंखला प्रशारण हुनेछ । कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रशारण हुने छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर