काठमाण्डाै – प्रतिनिधिसभाको बैकठमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर’ भन्दै नाराबाजी गरिरहेका छन् ।
बैठकको सुरुमै उभिएर विरोध जनाएका उनीहरु सभामुखले कार्यसूची अगाडि बढाउने भन्दै शून्य समयको कार्यसूची अघि बढाएपछि सांसदहरुले रोष्ट्रम अगाडि आएर नाराबाजी गरेका हुन् । सांसदहरुले नाराबाजी गरेपछि अहिले संसद सचिवाललयबाट दिइने श्रव्यदृश्य सामग्रीमा नाराबाजीको अडियोलाई बन्द गरिएको छ । तर नाराबाजी भने जारी छ ।
असार २५ गतेको बैठकमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ छुट्टाछुट्टै घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दे रोष्ट्रममा नाराबाजी गरेका थिए ।
विरोधका बाबजुद सभामुखले कार्यसूची अगाडि बढाउदै सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव बढ्न अनुमति दिनुभएको थियो । त्यसपछि अर्को बैठक असार ३० गते अपरान्ह १ बजेका लागि बैठक बोलाइएको थियो । संघीय संसद सचिवालयले बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका लागि सांसदहरु आ-आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएको भन्दै सूचना टासेर ८ गतेलाई सारेको थियो ।
साउन ८ गते भने बाढी पहिरोसम्बन्धी विशेष प्रस्तावमाथि छलफल भएको थियो ।