10.1 C
Kathmandu
 

आईपीओ जारी गर्न सर्वोत्तम सिमेन्टले नियुक्त गर्यो बिक्री प्रवन्धक

४ चैत, काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ भने प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक तोकेको छ ।

कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको कम्पनीले प्रतिसेयर मूल्य ७५० रुपैयाँ तय गरेको छ । तर, योग्य संस्थागत लगानीकर्ताले भने मूल्य तोकिसकेका छैनन् । धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको योग्यता पाएका ७४ कम्पनीले यो कम्पनीको आईपीओ निष्कासनका लागि आसय मूल्य निर्धारण गर्नेछन् । त्यसपछि उनीहरुले तोकेको मूल्यमा १० प्रतिशत कम गरी सर्वसाधारणले पनि खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्लाबासीलाई आठ लाख कित्ता, कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई २८ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हाल चुक्ता पुँजी तीन अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता आईपीओ जारी गर्ने लागेको हो ।

दैनिक तीन हजार टन क्लिंकर उत्पादन क्षमता रहेको कम्पनीले वार्षिक दुई करोड बोरा सिमेन्ट उत्पादन क्षमता रहेको जनाएको छ । कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनीले प्रतिसेयर ५२ रुपैयाँ प्रतिफल दिँदै आएको बताए । उनले आईपीओबाट आएको पैसामध्ये ५० प्रतिशत बैंकको ऋण तिर्न र ५० प्रतिशत अर्को उद्योग स्थापनाका लागि खर्च गर्ने बताए । कम्पनीले आगामी तीन वर्षसम्म आयकरमा ५० प्रतिशत छुट पाउने भएकाले बढी प्रतिफल दिन सकिने उनले बताए । कम्पनीसँग ९० वर्षलाई पुग्ने चुनढुंगा खानी रहेको पनि कम्पनीले जनाएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौं, ४ माघ -राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा...

कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा यसो गर्नुहोस्

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही...

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम...

बैतडी डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ

बैतडी, ४ माघ-बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस...

कतिछन् काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमित ?

काठमाडौं, ४ माघ -काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ५...