15.1 C
Kathmandu
 

बाघ संरक्षणमा नेपाल पहिलो देश

काठमाण्डाै – बाघ संरक्षणमा नेपाल विश्वकै पहिलो देश बन्ने सम्भावना बढेर गएको छ । १० वर्षमा पाटे बाघको संख्या १ सय २१ बाट बढेर २ सय ३५ पुगेकाले यही अवस्था रहेमा नेपाल बाघ संरक्षणमा विश्वकै पहिले देश बन्ने सरकारको भनाई छ ।

विश्वमा बाघ पाइने देशहरुको सन् २००९ मा भएको सम्मेलनले सन् २०२२ भित्र बाघको संख्या दोब्बर बढाउने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धता जनाउँदाको बेला नेपालमा बाघको संख्या १ सय २१ थियो । अहिले बाघको संख्या बढेर २ सय ३५ पुगेको छ । अबको तीन वर्षमा संरक्षण प्रभावकारी भएमा नेपाल विश्वका अरु देशमध्ये प्रतिबद्धता पूरा गर्ने पहिले देश बन्ने छ ।यसपटक बाघकै बासस्थानमा स्थानीय बासिन्दा र पालिका प्रतिनिधिसँग छलफल र अन्तरक्रिया गर्दै दिवस मनाउन लागिएको हो । यसअघिका वर्षहरुमा काठमाण्डौमा हुने गरिएको कार्यक्रम यसपटक बाघ पाइने ठाउँमै बसेर मनाउन लागिएको विभागले जनाएको छ । बाघको आकर्षण बढदै गएको बाँके निकुञ्जमा दिवस मनाउन लागिएको विभागका उपमहानिर्देशक भट्टराईले बताउनुभयो । २०६७ सालमा स्थापित बाँके निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढिरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर