23.1 C
Kathmandu
 

नक्कली नोट बनाउने कारखाना भेटियो

काठमाडौं – रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ । शनिबार राति काठमाडाैंको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी गर्दा नक्कली नोट बनाउने कारखाना नै फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले ३ लाख नेपाली रुपैयाँ नक्कली नोट पनि बरामद गरेको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिनुभयो । उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, पनि बरामद भएको छ । पक्राउ परेकालाई केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर