20.1 C
Kathmandu
 

शल्यक्रिया गराउँदै अमिताभ !

मुम्बई । बलिउडका मेगास्टार अमिताभ बच्चनले आफूले शल्यक्रिया गराउन लागेको बताएका छन् । सामाजिक सञ्जाल र ब्लगमार्फत प्रशसंकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहने उनले शनिबारको ब्लगमा शल्यक्रियाबारे उल्लेख गरेका हुन् ।

बच्चनले लेखेका छन्, “स्वास्थ्य अवस्था… शल्यक्रिया… केही लेख्न सक्दिनँ ।” यी केही अपूर्ण शब्दहरु लेखेर उनले स्वास्थ्य अवस्था केही कमजोर भएको र शल्यक्रिया गराउन लागेको जानकारी दिएका हुन् ।

उनको यो पोस्ट सार्वजनिक भएसँगै थुप्रै प्रशंसकले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । यद्यपि, उनले शल्यक्रिया सफलतापूर्वक सकिएको हो वा होइन भन्नेबारे भने केही जानकरी दिएका छैनन् ।

७८ वर्षीय अमिताभ यसअघि कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका थिए । टाइम्स अफ इन्डियाबाट ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ९५ जनामा कोरोना संक्रमण,२ हजार ९५७ जना संक्रमणमुक्त

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ८१७ वटा नमूनाको परीक्षण गर्दा...

सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका

४ असोज, काठमाडौं । संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ। हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर...

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता र बैंगलोर भिड्दै

४ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गरिरहेका छन् ।  शेख जायद...

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरलाई स्थानीयले हाने मुक्का

४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवलकै ज्योतिनगर क्षेत्रका पहिरो पीडितले उनीमाथि मुक्का प्रहार गरेका हुन्...

बैतडीमा जिप दुर्घटना, ९ जना घाइते

४ असोज, बैतडी । जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज...