14 C
Kathmandu
 

अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च पुगे प्रचण्ड

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिएका छन्।

आइतबार सर्वोच्च अदालतमा आफैं उपस्थित भएर उनले लिखित जवाफ दिएका हुन्।

यसअघि अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए ।

उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार जवाफ लिएर प्रचण्ड अदालत पुगेका हुन्।

विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको थियो।

प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वक बसेको बताएका थिए।

‘हामीले धैर्यतापूर्वक सर्वोच्चले संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको मर्म र भावना अनुसार, यो देशको जनताको भावना र आवश्यकता अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं’, प्रचण्डले भनेका थिए, ‘जरूरी पर्‍यो भने म आज विराटनगरबाट भन्दैछु। देशैले सुने हुन्छ, जरूरी पर्‍यो भने हामी संसदको बैठक बस्छौं र यस्ता अपराधीहरूलाई कारबाही गर्छौं। संविधानले हामीलाई संसदको बैठक बस्ने अधिकार दिएको छ। केपी ओलीलाई विघटनको अधिकार दिएको छैन।’

संविधानको अधिकार प्रयोग गरेर केपी ओलीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउन सभामुखले सदनको बैठक आयोजना गर्ने हामी उपस्थित हुने र केपीलाई कारबाही गर्नेसम्म जान सकिन्छ। तर म के भन्छु त सर्वोच्चले सही नै फैसला गर्छ भन्ने विश्वास छ। सर्वोच्चले सही नै फैसला गर्छ भन्ने विश्वास भएकाले अहिले नै बसिएको छैन। जरूरी पर्‍यो भने त्यो विकल्प नेपाली जनतासँग छ।’

यस्तै प्रकृतिको मुद्दामा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा उपस्थित रहेर जवाफ दिइसकेका छन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक बस्ने सूर्य ओली...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

३ वैशाख, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोली बिहान ११ बजे बालुवाटारमा...

पारस खड्काले चोटका कारण त्रिकोणात्मक सिरिज खेल गुमाउने

३ वैशाख, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेको स्रोतले...

भारतबाट आएका सुर्खेतका कोरोना संक्रमित युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका...

विद्यालयमा कोरोना संक्रमण भेटिएमा विद्यालय एक हप्ता बन्द गर्नू: काठमाडौं महानगर

३ वैशाख, काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले संक्रमण...