काठमाडौं – नेकपा प्रचण्ड-नेपाल समूहक प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना भएसँगै केपी ओलीले नैतिकता आधारमा प्रधानमन्त्री पदबाट राजीनामा नदिइ पदमा टाँसिएर बसेको भन्दै आक्रोश पोखेका छन् ।
यस्तै ओली पक्षले सत्तामा टाँसिरहने नियतकासाथ सासदलाई आफ्नो पक्षमा पार्न सुटकेसमा पैसा बोकेर हिँड्न थालेको आरोप लगाएका छन्।
शनिवार गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्ताहरुसँगको छलफमा उनले ओली पक्ष सांसद खरिदका लागि सुटकेस बोकेर हिँडेपछि उनीहरुको योजना कुनैपनि हालतमा सफल हुन नसक्ने बताए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान र देशको पक्षमा साहसिक फैसला गरेको टिप्पणी गर्दै उनले न्यायालयमाथि जनताको भरोसा अझ भढेर गएको बताए ।
उनले ओलीले अब जस्तोसुकै कदम चालेपनि त्यसको सामना गरिने उनले बताए ।