22.1 C
Kathmandu
 

पछिल्लो २४ घण्टामा मुलुकभर ११२ जनामा कोरोना संक्रमण पुष्टि

१३ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ४११ जनाको पीसीआर परीक्षण गरिएकोमा ११२ जनाको नतिजा पोजेटिभ आएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ८४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार २२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७६७ पुगेको छ । हाल देशभर ७७० जना आइसोलेसनमा र ६६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण यस अघि नै मृत्यु भएर गणनामा छुटेको तथ्यांक मिलान गरेर सार्वजनिक गरिँदा मृतकको संख्या धेरै देखिएको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर