14 C
Kathmandu
 

भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

१३ फागुन, काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले असई पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरेको हो । उनीहरु दुवै भागरथी हत्याकाण्डको अनुसन्धानमा खटिएका थिए । एक तह बढुवा भएका थापा अपराध अनुसन्धानमा सफल जुनयर अधिकृत मानिन्छन् ।

प्रहरीमा विशेष अवस्थामा विशेष अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेका जुनियर अधिकृतको तह बढुवा गरिने गरिन्छ । ‘‘यो विशेष बढुवा हो । उहाँहरुले भागरथी हत्याकाण्डको अनुसन्धानमा अहम् भूमिका खेल्नुभएको थियो । त्यसैले उहाँहरुको नियमित नभई विशेष बढुवा हो,’’ सुदूरपश्चिम प्रदेश कार्यालयका एसएसपी मुकेश सिंहले भने ।

बढुवा भएका दुवैजनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीले दर्ज्यानी चिह्न प्रदान गरे । यस्तै, अनुसन्धानमा खटिएका अन्य पाँच प्रहरी पनि पुरस्कृत भएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी गएको माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । प्रहरीले हत्यामा संलग्न आरोपमा भागरथीकै आफन्त दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक बस्ने सूर्य ओली...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

३ वैशाख, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोली बिहान ११ बजे बालुवाटारमा...

पारस खड्काले चोटका कारण त्रिकोणात्मक सिरिज खेल गुमाउने

३ वैशाख, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेको स्रोतले...

भारतबाट आएका सुर्खेतका कोरोना संक्रमित युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका...

विद्यालयमा कोरोना संक्रमण भेटिएमा विद्यालय एक हप्ता बन्द गर्नू: काठमाडौं महानगर

३ वैशाख, काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले संक्रमण...