23.1 C
Kathmandu
 

एक वर्षमा ३० अर्बको ऋणपत्र जारी, अझै ३० अर्बभन्दा बढीको आउने

काठमाडौं। एक वर्षको अवधिमा ३० अर्बको ऋणपत्र बजारमा जारी भएको छ । नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्ष २०७५÷७६ मा १२ वटा वाणिज्य बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो । यस अवधिमा उक्त वाणिज्य बैंकको २९ अर्ब ९८ करोडको ऋणपत्र खरिदबिक्री भएको छ ।

हाल वाणिज्य बैंकहरूले निष्कासन गरेकै ऋणपत्र बिक्न नसकेको अवस्थामा नेपाल राष्ट्र बैंकले बुधबार ल्याएको मौद्रिक नीतिमा वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षमा चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नैपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार चालू आर्थिक वर्षभित्रमा वाणिज्य बैंकहरूको ६० देखि ६२ अर्बभन्दा माथिको ऋणपत्र जारी गर्नुपर्ने हुन्छ । यदि अहिले भइरहेको ऋणपत्रलाई समेत गणना गर्ने हो भने पनि वाणिज्य बैंकहरूले एक वर्षभित्रमा ३० अर्बभन्दा बढीको ऋणपत्र निष्कासन गर्नुपर्ने देखिन्छ ।

नेपाल धितापत्र बोर्डका प्रवक्ता निरज गिरी राष्ट्र बैंकले लिएको नीतिले ऋणपत्रको प्रवाह बढ्ने बताउँछन् । उनले भने, ‘हामीले गत आर्थिक वर्षमा मात्रै ३० अर्ब हाराहारीको ऋणपत्र बजारमा जारी गर्न अनुमति दियांै, हालै आएको मौद्रिक नीतिलाई हेर्ने हो भने अझै ३० देखि ३२ अर्बको ऋणपत्र बजारमा आउने देखिन्छ ।’ उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा बन्ड मार्केटको सक्रिय रूपमा कारोबार हुने गरेको छ तर हामी कहाँ बन्डको धेरै कारोबार नै हुँदैन ।
हाम्रो सोच पनि बन्ड मार्केटलाई सक्रिय बनाउने हो । यसलाई व्यवस्थित गर्न हामी ऋणपत्र जारी भएको बेलामा आईपीओ, एफपीओ जारी नगर्ने अर्थात समय एकैपटक पर्न नदिने गरी जारी गर्ने व्यवस्था गर्ने पक्षमा छांै ।
अहिले धेरै लगानीकर्ताले ऋणपत्र प्रवाह बढी हुँदा दोस्रो बजारमा प्रभाव पर्ने भनिरहँदा समय नखपिने गरी ऋणपत्र र आईपीओ, एफपीओ जारी गर्ने हो भने बजारमा समेत प्रभाव नपर्ने प्रवक्ता गिरीले बताए । तथापि ऋणपत्र खरिद गर्ने लगानीकर्ता भने अधिकांश संस्थागत लगानीकर्ता रहेको समेत उनले बताए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर