14 C
Kathmandu
 

अष्ट्रेलियामाथि न्युजिल्यान्डको रोमान्चक जित

१३ फागुन, काठमाडौं । घरेलु टिम न्युजिल्यान्डले अस्ट्रेलियालाई दोस्रो टि–२० क्रिकेटमा पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा न्युजिल्यान्डले अस्ट्रेलियामाथि चार रनको रोमाञ्चक जित निकालेको हो। २२० रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा २१५ रन बनाउन सक्यो।

मार्कस स्टोइनिसले ७८, जोश फिलिपेले ४५ र ड्यानियल साम्सले १५ बलमा ४१ रन बनाए पनि अस्ट्रेलियालाई हारबाट जोगाउन सकेनन्। न्युजिल्यान्डका मिचेल साट्नरले चार विकेट लिँदा जेम्स निशामको नाममा दुई विकेट रह्यो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१९ रन बनायो।

न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ५० बलमा ८ छक्का र ६ चौका प्रहार गर्दै ९७ रन बनाए। त्यस्तै, कप्तान केन विलियम्सनले ५३ र जेम्स निशामले अविजित ४५ रन बनाए। बलिङमा अस्ट्रेलियाका केन रिचार्डसनले तीन विकेट लिए। यो जितसँगै पाँच खेलको टि–२० क्रिकेट सिरिजमा घरेलु टिम न्युजिल्यान्डले अस्ट्रेलियाविरुद्ध २–० को अग्रता बनाएको छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक बस्ने सूर्य ओली...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

३ वैशाख, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोली बिहान ११ बजे बालुवाटारमा...

पारस खड्काले चोटका कारण त्रिकोणात्मक सिरिज खेल गुमाउने

३ वैशाख, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेको स्रोतले...

भारतबाट आएका सुर्खेतका कोरोना संक्रमित युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका...

विद्यालयमा कोरोना संक्रमण भेटिएमा विद्यालय एक हप्ता बन्द गर्नू: काठमाडौं महानगर

३ वैशाख, काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले संक्रमण...