27.9 C
Kathmandu
 

आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

१३ फागुन, काठमाडौं ।  सुन–चाँदीको भाउ झर्दो क्रममा रहेको छ । बिहीबार पनि सुन–चाँदीको भाउमा गिरावट आएको छ । बिहीबार सुन तोलामा ५०० ले झरेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८९ हजार ३०० कायम गरेको छ ।

हिजो तोलाको ८९ हजार ८०० मा कारोबार भएको थियो । मंगलबार तोलाको ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५०० रुपैयाँले नै घटेर तोलाको ८८ हजार ८५० कायम भएको छ । यसैगरी, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय ५५ कायम गरेको छ । बुधबार तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर