10.1 C
Kathmandu
 

स्रोत नखुलेको २५ लाख नगदसहित बारामा दुई भारतीय पक्राउ

१३ फागुन, काठमाडौं । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित बाराबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई पक्राउ परेका हुन् । फागुन १२ गते बिहान साढे ११ बजे कलैया-मटिअर्वा सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका- ८ बरेवा टोलमा चेकजाँचको क्रममा उनीहरुको साथबाट उक्ता परिमाणको रकम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

बीआर ०५ के ०७९८ नम्बरको मोटरसाइकलको डिक्किमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम फेला परेको उनले बताए । उनीहरुको साथबाट प्रहरीले एक हजार दरका १,७७२ थान अर्थात १७ लाख ७२ हजार र ५०० रुपैयाँ दरका १,५२६ थान अर्थात ७ लाख ६३ हजार रुपैयाँ गरी २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौं, ४ माघ -राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा...

कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा यसो गर्नुहोस्

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही...

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम...

बैतडी डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ

बैतडी, ४ माघ-बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस...

कतिछन् काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमित ?

काठमाडौं, ४ माघ -काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ५...