10.1 C
Kathmandu
 

म्यानमारको सेनाले फेसबुक र इन्स्टाग्राम चलाउन नपाउने

१३ फागुन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ। सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग प्रतिबन्ध लगाएको हो। ‘फेब्रुअरी १ मा भएको कू र  त्यसपछिका हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु पर्ने अवस्था बनाए,’ फेसबुकले भनेको छ,‘म्यानमारको सेनालाई  फेसबुक र इन्स्टाग्राम चलाइरहनु दिनु निकै खतरापूर्ण छ भन्ने हामीलाई लाग्छ।’

यसअघि फेसबुकले सरकारी टेलिभिजनको पेज बन्द गरिदिएको थियो। म्यानमारमा सेनाले सत्ता लिएपछि भएका प्रदर्शनमा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ भने अमेरिकाले कूमा संलग्न सैनिक जनरलहरूमाथि प्रतिबन्ध लगाएको छ। एजेन्सी

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौं, ४ माघ -राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा...

कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा यसो गर्नुहोस्

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही...

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम...

बैतडी डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ

बैतडी, ४ माघ-बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस...

कतिछन् काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमित ?

काठमाडौं, ४ माघ -काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ५...