10.1 C
Kathmandu
 

बार्सिलोनाको जित मेस्सीको दुई गोल

१३ फागुन, काठमाडौं । मेस्सीको दुई गोलमा बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै जोर्डी अल्बाले एक गोल गरे ।

जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ५ अंकले पछि रहेको छ । इल्चे २१ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गरेको थियो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौं, ४ माघ -राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा...

कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा यसो गर्नुहोस्

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही...

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम...

बैतडी डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ

बैतडी, ४ माघ-बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस...

कतिछन् काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमित ?

काठमाडौं, ४ माघ -काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ५...