24.1 C
Kathmandu
 

स्रोत नखुलेको २५ लाख ५० हजारसहित दुईजना पक्राउ

काठमाडौं । धनुषाको नगराईन नगरपालिका–२, नगराईन बजारबाट स्रोत नखुलेको २५ लाख ५० हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

महोत्तरी लोहारपट्टी नगरपालिका–५ बस्ने ३५ वर्षीय सन्जयकुमार साहको नेहा फेन्सी स्टोरबाट स्रोत नखुलेको रकमसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सोही स्टोरका सन्चालक सन्जय र भारत, बिहार बस्ने २४ वर्षीय सुमितकुमार यादव छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषा र सीमा प्रहरीचौकी लग्मा, जटहीबाट खटिएको प्रहरीले उक्त स्टोरमा तलासी गर्दा एक हजार रुपैयाँ दरका एक हजार ६०० वटा नोट र ५०० रुपैयाँ दरका एक हजार ९०० वटा नोटसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई उक्त रुपैयाँसहित भन्सार कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर